देश

मनाङ एयर दुर्घटनाः हेलिकप्टरको प्राविधिक परीक्षण सुरु

मनाङ एयर दुर्घटनाः हेलिकप्टरको प्राविधिक परीक्षण सुरु

रसुवाः गोसाइकुण्ड छेउमा अवतरण गर्ने क्रममा आज सामान्य दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर मर्मतका लागि काठमाडौँबाट गएको प्राविधिक टोलीले काम सुरु गरेको छ । प्रारम्भिक परीक्षणबाट दुर्घटनाबाट हेलिकप्टरका धेरै पाटपूर्जामा क्षति पुगको र मर्मत गरी उडाउन केही दिन लाग्ने पाइलट प्रकाश सेढाइले बताए ।

काठमाडौँबाट गोसाइकुण्ड स्नान गर्न छ यात्रु लिएर गएको मनाङ एयरको नाइन एन एएलडी हेलिकप्टर अवतरण गर्ने क्रममा पछाडिको भागले जमिनमा छुँदा क्षति पुगेको थियो । उक्त हेलिकप्टर दुर्घटनामा परी उड्न नसकेपछि अर्को हेलिकप्टरद्वारा यात्रुलाई काठमाडौँ लगिएको चालक सेढाइले जानकारी दिए।

विशेष