स्वास्थ्य

१५ दिनमा १० किलो घटाउँने तरिका

अर्कना खातुन

१५ दिनमा १० किलो घटाउँने तरिका

१५ दिनमा १० किलो घटाउँने तरिका

अर्कना खातुन

के तपाईं मोटोपनले हैरान हुनुहुन्छ ? मोटोपनाले गर्दा चाहे जस्तो लुगा लगाउँन सक्नु हुन्न् । लो क्यालोरी डाइट जसको सहयोगले तपाईँहरु सहजै आफ्नो बढ्दो वजन घटाउन सक्नुहुने छ । यस पालि डा दिलजान मंसुलले तयार पारेर ल्याउँनु भएको लो क्यलोरी डाइटको नियमको पालना गर्नुभयो भने अवश्य १५ दिन मै १० किलो वजन घटाउँन सक्नु हुने छ । लो क्यालोरी डाइट प्लान जसमा जम्मा ९०० क्यालोरी रहेको छ ।

हामीले जानै पर्ने दुई कुराहरु छन् जुन फ्रि रेडिकल्स र एन्टिअक्सिडेन्टको बारेमा । हाम्रो शरीरमा दुई तरिकाले फ्रि रेडिकल्सहरु बन्ने गर्छ । एउटा नेचुरल मेटाबोलिजमबाट बन्ने गरेको हुन्छ भने अर्को एक्सपोजरबाट जस्तै एक्स रे, ओजोन, एयरपोल्युसन, केमिकल इरिटेन्स । यो सबैले गर्दा हाम्रो शरीरमा फ्रि रेडिकल्स उत्पन्न हुन्छ । यी फ्रि रेडिकल्स र एन्टिअक्सिडेन्टले हाम्रो शरीरलाई ब्यालेन्स गर्ने काम गर्छ ।

फ्रि रेडिकल्सहरुले हाम्रो शरीरमा भएको जिउँदो टिस्यु र सेलहरुलाई ड्यामेज गर्छ र मार्ने गर्छ जस्ले गर्दा हामीलाई विभिन्न रोगहरु लाग्छ । फ्रि रेडिकल्सहरुले एजिङको काम गर्छ । हामी समयभन्दा अगाडि नै बुढो देखिन्छै । तर एन्टिअक्सिडेन्टले त्यो फ्रि रेडिकल्सहरुलाई कम गर्ने काम गर्छ । बिहान देखि रातीसम्म के के खाने जसले गर्दा दुब्लाउन र फिट रहन सकिन्छ ।

१ बिहान ब्रेकभास्टमा तीन बटा उम्लेको अण्डा र एक कप ग्रिन टि

अण्डाको सेतो भाग मात्र खाने जस्मा प्रोटिन हुन्छ तर पहेलो भाग नखाने किनकि त्यसमा कोलेस्ट्रल हुन्छ । ग्रिन टिमा एन्टिअक्सिडेन्ट हुन्छ जस्ले हामीलाई विभिन्न रोगहरु बट जोगाउ छ । र ग्रिन टिले मोटापा घटाउँने काम पनि गर्छ ।

२ खानामा तीन वटा उम्लेको अण्डा, एउटा स्याउ र एक कप ग्रिन टि

स्याउमा बढि मात्रामा फाइबर हुन्छ जुन हाम्रो शरीरको लागि धेरै राम्रो मानिन्छ । संसारमै स्याउ जतिको पोष्टिक खाना अरु केहि छैन् ।

३ साझमा खाजा स्वरुप एउटा स्याउ र एक कप ग्रिन टि

स्याउमा प्रशस्त मात्रामा भिटामिनहरु पाइन्छ । स्याउमा भिटामिन बि २, सि र फ्ल्याबिनोइट्स हुन्छ । भिटामिन सिले घाउहरुलाई चाडै निको पार्छ भने फ्ल्याबिनोइटले हाम्रो शरीरको  रगतको तालमेल राम्रो गर्ने गर्छ ।

४ रातिमा एक कप जति ओट खाँदा राम्रो

यसमा आफ्नो स्वाद अनुसार ड्राइ फ्रुट जस्तै काजु, बदाम, पिस्ता, अखरोट हालेर खान सक्नु हुन्छ । तर किसमिस नहाल्नु ।

माथि भने जस्तो खानुस् र मोटोपनाबाट छुटकारा पाउँनुस् । प्रति दिन ९०० जतिको लो क्यालोरी खानेकुरा खानुस् र स्वस्थ रहनुस् ।

अण्डा, ग्रिन टि, स्याउको थप जानकारीको लागि तलको भिडियो हेर्नुस् ।

 

विशेष