स्वास्थ्य देश

प्यूठानः झाडापखालाबाट एकै गाउँका १८ जना बिरामी

प्यूठानः झाडापखालाबाट एकै गाउँका १८ जना बिरामी

 

प्यूठानः गएरातिबाट स्वर्गद्वारी नगरपालिका– ५ उपल्लो सारिमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । 

झाडापखालाबाट अहिलेसम्म १८ जना बिरामी परेका छन् । तीमध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा र बाँकीको सारीको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीयवासी गिरबहादुर घर्तीले जानकारी दिए।

उपचारका लागि भिङ्गी र सारिका ल्याइएका बिरामीको अवस्थामा अहिले सामान्य सुधार भएको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका जनस्वास्थ्य निरीक्षक चूडामणि पोख्रेलले बताए । झाडापखाला रोकथामका लागि जनस्वास्थ्य अधिकृत सिद्धिमणि सुवेदीको नेतृत्वमा चिकित्सको टोली सारि पुगेको छ । झाडापखाला फैलिनुको कारण दूषित खाना र पानी रहको बताइएको छ । 

विशेष