प्रवास

एनआरएनए अमेरिकाका महासचिव उम्मेदवार महेश मल्लले सार्वजनिक गरे २१ बुँदे प्रतिबद्धता

एनआरएनए अमेरिकाका महासचिव उम्मेदवार महेश मल्लले सार्वजनिक गरे २१ बुँदे प्रतिबद्धता

जेठ–२७ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी कार्यकालका लागि महासचिवका उम्मेद्वार महेश मल्लले २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

२०१७–२०१९ कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएका मल्ल १० वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन् । न्यूयोर्कमा रहेर थुप्रै संस्थाहरुसँग स्वयंसेवकको रुपमा काम गर्दै आएका मल्ल नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरको महासचिव समेत थिए । एनआरएनको नीति र बिधान अनुसार संस्थाको निर्वाचनमा उम्मेदवार हुनको लागि राजनैतिक र धार्मिक प्रभावका संस्थाको जिम्मेवारीमा बस्न नमिल्ने भएकोले मल्लले केही समय अघि नै ती राजनीतिक प्रभाव रहेका संस्थाबाट राजीनामा दिएका थिए ।

मल्लले आफू महासचिवमा निर्वाचित भएमा नियमित काम बाहेक यस्ता प्रतिबद्धताहरु पूरा गर्ने बताएका छन्ः

१. एनआरएनए सदस्यहरु बाहुल्य भएका शहरहरुमा हेल्प डेस्कको ब्यवस्था गर्ने ।
२. नियमित टाउनहल मिटिङ गर्ने र संस्थाको गतिबिधी जानकारी गराउने जसले गर्दा संस्थामा पारदर्शीताको बिकास भै सदस्यहरु बीच संस्थाप्रति बिश्वास र लगाव बढ्नेछ ।
३. व्यबसायिकता सम्बन्धी सेमिनारहरु गर्ने ।
४. सदस्यता वितरण सधै खुल्ला राख्ने र नवीकरण अभियान लाई अध्यावधिक राख्ने ।
५. नेपाली कम्युनिटी हल न्यूयोर्क सहर लगायत नेपालीहरु बाहुल्य भएका सहरहरुमा बनाउन पहल गर्ने ।

६. एनआरएनए परिचय पत्र प्रदान गर्ने ।
७.एनआरएनए अमेरिकाको वेभसाइट बृहत जानकारी मुलक बनाउन मिडिया कोअर्डिनेटरलाइ बिशेष कार्यक्रम बनाउन र त्यसको अनुगमन लगाउने ।
८. मिडिया, युवा, महिला र अर्थका डिपार्टमेन्ट हेडहरुले आ–आफ्नो कार्य गरेको कुरा हप्ताको एक पटक मनिटरिङ गर्नेछु र आवश्यकता अन्सुआर अध्यक्षसँंग परामर्श गरि बैठकमा रिपोर्टिंग अनि पब्लिक समेत गर्ने ।
९. एनआएएन डे अक्ुटवर ११ लाई बिबिध कारणसहित मनाउन सुरु गराउने छु ।
१०. एनआरएनए अमेरिका र आइसिसिसंग महासचिवको हैसियतले गर्नु पर्ने संचार र सम्पर्क नियमित र आवश्यकता अनुसार गर्नेछु ।

११. अध्यक्षको घोषना पत्र र आफ्नो एजेन्डाका कुरा समेत अध्यक्षसँग परामर्श गरेर संस्थाको पहिलो बैठकबाट अनुमोदन गराई बार्षिक र दुइबर्षे योजनामा सो कुराहरु पूरा के कसरी गर्ने भनेर योजना बैठक बोलाउने छु ।
१२. अमेरिका भरिका सम्पूर्ण नेपाली मुलका संघ–संस्थाहरु संग सम्पर्क राखी सहकार्य र सहभागिता बारे नियमितता गर्नेछु ।
१३. बार्षिक साधारण सभा, अधिवेसन र योजना बैठक र फिजिकल बैठकहरु बार्षिक र दुइवर्षे कार्य योजनामा उल्लेख गरिनेछ ।
१४. च्याप्टरहरुको व्यवस्थित संचालन गर्न च्याप्टर संचालन निर्देशिका पहिलो ३० दिनमा नै तयार गरी कार्यन्वयनमा लैजानेछु ।
१५. बार्षिक र दुइवर्षे कार्य योजना अनुसारका विभिन्न कमिटीहरुको गठन प्रक्रिया पहिलो ३०–६० दिनमा नै पूरा गर्ने ।

१६. सल्लाहकारहरुको नियुक्तिमा एउटा सामान्यत नीति बनाइने छ र सोही अनुरुप बिधान भित्र रहेर नियुक्ति गर्न कार्य गर्ने ।
१७. हरेक सदस्यहरुलाई नियमित सम्पर्कमा रहने र बिभिन्न सुबिधाहरु प्रदान गर्ने ।
१८. सल्लाहकार, आइसिसी सदस्य, डिआरसी, आरसी एनसीसीका विभिन्न कमिटीहरुको नियमित बैठक र सम्पर्क योजना बनाइ सो अनुरुप गर्नेछु ।
१९. हाल प्रशासनिक रुपमा आएका बिभिन्न विवाद र असामान्जस्यताहरुलाई संस्थागत रुपमा अन्त गर्न बिशेष कार्यहरु गरेनछु ।
२०. आइसीसीको सन् २०१७ मा हुने बिश्व सम्मेनल तथा अधिवेशनमा बिधान र अन्य संस्थागत परिमार्जन गर्न सुझाव सहित र पहल गर्नेछु ।

२१. एनसीसी र आइसीसीको आवश्यक कामहरु गर्नेछु।

विशेष