मुख्य समाचार

भरतपुर महानगरपालिकाको मतगणनाको बारेमा सर्वोच्चले आज फैसला गर्दै

भरतपुर महानगरपालिकाको मतगणनाको बारेमा सर्वोच्चले आज फैसला गर्दै


जेठ २८ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई आज हुँदैछ ।

भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले गत आइतबार हालेको रिटमाथि सुनुवाई हुन लागेको हो । रिट दायरकर्ताहरुले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए ।
रिट दायर भएपछि सर्वोच्चले अर्को निर्णय नभएसम्म तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

भरतपुरको वडा नम्बर १९ मा मतगणना अन्तिम चरणमा पुगेको बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेपछि निर्वाचन आयोगले मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै स्थानीय तहको निर्वाचन ऐन अनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

विशेष