ताजा खबर

नवलपरासीमा सवारी दुर्घटना १० घाइते ४ को अवस्था गम्भिर

नवलपरासीमा सवारी दुर्घटना १० घाइते ४ को अवस्था गम्भिर

जेठ २८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन्, जसमध्ये चारको अवस्था गम्भीर छ ।

काठमाडौंबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देही, कपिलवस्तु, बागलुङ र अर्घाखाँची घर भएका यात्रु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल, डन्डा पठाइएको प्रहरीले जनाएको छ ।

यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य

यसैबीच, नवलपरासीको एकमात्र पहाडी सडकखण्ड दलदले–बलिङटार सडकखण्डमा यतिबेला यात्रु पूर्णरुपमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

बर्षाको मौसम सुरु भएलगत्तै पहाडी क्षेत्रमा सडक बिग्रिन पुग्दा पहाडी साविक १७ वटा गाविसमा पुग्ने अधिकांश यात्रु जोखिम मोल्न बाध्य भएका हुन् ।

दलदले–बुलिङ्टार चल्ने सबै सवारी साधनमा यात्रुहरु छतमाथि बसेर यात्रा गर्न बाध्य छन् । विशेषगरी जोखिमपूर्ण पहाडी सडक अझ सवारी साधनको छतको यात्राका कारण यात्रु दोहोरो जोखिम उठाएर यात्रा गर्दै आएका हुन् ।

पहाडी डेढगाउँ, रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, धौबादीलगायतका पहाडी गाविसमा जान यात्रु जोखिमको यात्रा गर्दै आएका छन् । सो सडकको दूरी करिब ४५ किलोमिटर रहेको छ ।

विशेष