देश

राजविराजमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप

राजविराजमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप

सप्तरी: राजविराजमा प्रहरी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का कार्यकताबीच झडप भएको छ । निर्वाचन आयुक्त आयोधिप्रसाद यादवको अन्तक्रिया कार्यक्रम विथोल्न पुगेका राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारीको निवासमा दिउँसो २ बजेका लागि तोकिएको अन्तक्रिया अहिलेसम्म सुरु हुन सकेको छैन । अन्तक्रिया कार्यक्रम हुन नदिने राजपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । झडपलाई मध्यनजगर गर्दै प्रशासनले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

विशेष