मनोरञ्जन

सञ्चारकर्मी भट्टराई मोडलिङ क्षेत्रमा

सञ्चारकर्मी भट्टराई मोडलिङ क्षेत्रमा

सञ्चार कर्मी पवन भट्टराई मोडलिङ क्षेत्रमा पनि भित्रने भएका छन् । विकट जिल्ला खोटाङमा जन्मिएका भट्टराई सञ्चार क्षेत्रमा क्रियाशील थिए । ५ वर्ष रिपोर्टर्स क्लव नेपालमा कार्य अनुभव लिईसकेका भट्टरार्ई अहिले मोडलिङ क्षेत्रमा पनि जम्न थालेका छन् । गायक विकास संगम राईको ‘घायल चरी’ एल्वमबाट उनि मोडेल क्षेत्रमा भित्रिने भएका छन् । भट्टराईलाई गायक राईले अनुबन्ध गरेका हुन् ।

राईको एल्वम र सञ्चारकर्मी भट्टराईको मोडेलिङ रहेको उक्त एल्वमले राम्रो बजार तताउने अनुमान गर्न सकिन्छ । भट्टराईको मोडेल क्षेत्र भने नयाँ र नौलो हो ।सञ्चार क्षेत्रमा राम्रै कार्य गरेका उनले अव मोडेल क्षेत्रमा आफ्नो कस्तो प्रस्तुति देखाउन सक्छन् त्यो त एल्मव बजारमा आएपछि थाहा हुने छ । सञ्चार कर्मी भट्टराई सगै मोडलमा सञ्चिता शाही रहेकी छिन् ।

दर्जनौ भिडियोमा र फिल्ममा अनुभव लिई सकेकी मोडल सँगको एल्वमले बजारमा राम्रै माहोल बनाउने अनुमान गर्न सकिन्छ । आधा दर्जन बढि गीतमा आफ्नो स्वर दिई सकेका विकास संगम राईको साङगीतिक क्षेत्रमा परिचित नाम हो । उनी नेपाली विधाका गीत गाउँनमा अव्वल रहेका छन् । उनलाई नेपाली गीत संगीतको क्षेत्रमा चिनाउनको लागि “घायल चरी” र “नथ्थिवाली” ले महत्वपूर्ण भूमिका खेलेका छन् । असारमा घायल चरि र नथ्थीवालीको छायाङ्कन हुदै छ ।

विशेष