देश

जाजरकोटमा जनप्रतिनीधिलाई जिल्ला समन्वयद्वारा सम्मान

दीपबहादुर घर्ती

जाजरकोटमा जनप्रतिनीधिलाई जिल्ला समन्वयद्वारा सम्मान

जाजरकोट: गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनवाट निर्वाचित जनप्रतिनीधिलाई जिल्ला समन्वय समितिले आइतवार जिल्ला सदरमुकाम खलंगामा सम्मान गरेको छ । जिल्लाका ७ वटै गाउँ तथा नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उप–प्रमुखलाई दोसल्लाहा ओढाएर जिल्ला समन्वय समितिले सम्मान गरेको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा गरिएको सम्मान कार्यक्रममा स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले नवनिर्वाचित जनप्रतिनीधिलाई दोसल्लाहा ओढाएर सम्मान गरेका थिए । प्रतिनीधिलाई सम्मान गर्नुको साथै परिचयात्मक उक्त कार्यक्रममा हालसम्म जिल्ला समन्वय समितिवाट सम्पन्न हुने योजनाहरुको अवस्थाकावारेमा स्थानीय विकास अधिकारी रुद्रप्रशाद पण्डितले जनप्रतिनीधिलाई जानकारी गराएका थिए ।

उक्त सम्मान कार्यक्रममा जिल्लामा भैरहेका विकास निर्माणका काममा गुणस्तरता कायम गर्न स्थानिय तहका प्रतिनीधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, पत्रकारहरु संलग्नता रहेको प्रभावकारी अनुगमन टोली गठन गरि योजनाहरुको अनुगमन गर्ने निर्णय भएको स्थानिय विकास अधिकारीले जानकारी दिए ।

त्यसैगरि शिवालय गाउपालीकाको मोर्कखोला पुलको काम यस वर्ष नहुने भएपछि त्यस योजनाको १४ लाख समपूरक कोषलाई अन्य योजनाहरुमा स्तानन्तर गरिएको स्थानीय विकास अधिकारीले जानकारी दिए । उक्त १४ लाख रुपैयाँलाई गतवर्ष उपभोक्ता समितिवाट काम सम्पन्न भएको खलंगा जनक पुस्तकालयवाट जिसस जाने वाटोको ५ लाख भुक्तानी दिने, जिल्ला प्रशासन कार्यालयको फिल्डमा प्रतिक्षालय निर्माण गर्न एक लाख, थालारैकरमा रहेको दारेदूधे मष्टा मन्दिर निर्माणमा एक लाख, ३ लाख ५० हजार अनुगमनका लागि, ३ लाख रुपैयाँ नेपमसंघ कार्यालय मर्मत तथा सुधारका लागि र त्रिवेणी नगरपालीका–८ तल्लो घुमाउने मैदे सिंचाई आयोजना मर्मत ८१ हजार विनियोजन गरिएको जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ ।

 

विशेष