प्रवास

नेपाली दूतावास अबुधावीको नयाँ वेबसाइट

नेपाली दूतावास अबुधावीको नयाँ वेबसाइट

 

काठमाडौँ: नेपाली राजदूतावासले नेपालको आफ्नो परिचय देखिने गरी वेबसाइट सञ्चालन गर्ने व्यवस्थाअनुसार नेपाली दूतावास अबुधावीले आजबाट नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल सरकारको आधिकारिक डोमेन gov.np मा आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । साविकमा रहेको वेबसाइट www. nepalembassyuae.org विस्थापित गरी नयाँ वेबसाइट ae.nepalembassy.gov.np सञ्चालनमा ल्याएको हो ।

दूतावासबाट प्रदान गरिने सेवा सुविधा, सूचना तथा सन्देश तथा अन्य गतिविधि सोही वेबसाइटमा अध्यावधिक गरिएको तथा आवश्यकताअनुसार नियमित गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ । 

विशेष