स्वास्थ्य

आयुर्वेद तालिम केन्द खुल्ने

आयुर्वेद तालिम केन्द खुल्ने

 

काठमाडाैँः स्वास्थ्य मन्त्रालयले आयुर्वेद चिकित्सा क्षेत्रलाई विकास र विस्तार गर्न तालिम केन्द खोल्ने तयारी गरेको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आयोजित ‘आयुर्वेद, परम्परागत चिकित्सा, औषधिमा प्रयोग हुने जडीबुटी तथा अन्य स्रोतका बारेमा नेटवर्किङ तथा सहकार्र्य’ विषयक गोष्ठीमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीले ायुर्वेद पद्धतिका बारेमा धेरै कुरा गरिने भए पनि यो पद्धतिलाई वैकल्पिक उपचार विधिका रुपमा मात्र अपनाउँदा सोचेजस्तो विकास नभएको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले छलफलमा अनुसन्धान गर्ने संस्कारको विकास कसरी गर्ने भन्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपालमा मात्र नभएर विदेशी मुलुकले पनि आयुर्वेदलाई महत्व दिँदै आएको चर्चा गर्दै जडीबुटी तथा वनस्पतिको प्रयोग, उत्पादन र भण्डारणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने धारणा राखे ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष तथा अनुसन्धानकर्ता डा ऋषिराम कोइरालाले आयुर्वेदका लिखित ग्रन्थी, प्रविधि, जडीबुटीको फरकफरक अनुसन्धान गर्दा एकै स्थान अभिलेख पाउन नसक्दा जैविक चोरी बढ्दै गएकाले एकै स्थानबाट अनुसन्धान गर्नुपर्ने बताए ।

विशेष