मनिषा भन्छिन, ‘ म बिवाहको लागि बनेको हैन, त्यसैले समबन्ध विच्छेद भयो’
जेठ १८। अभिनेत्री मनिषा कोइराला यतिबेला आफ्नो फिल्म ‘डियर माया’ पर्मोशनमा व्यस्त छिन् । उनी भन्छिन्, ‘विवाहलाई लिएर उनमा एउटा भिन्न सपना थियो जुन विवाह गरेपछि पनि उनलाई पूरा नभएकोजस्तो लाग्यो । ’
व्यापारी सम्राट दाहालसँग उनको वैवाहिक जीवन जम्मा २ वर्षमात्र टिक्न सक्यो । उनले सन् २०१० मा विवाह गरेकी थिइन् । २०१२ मा उनको सम्बन्ध विच्छेद भयो । उनी भन्छिन्, ‘मेरा विवाहलाई लिएर एक भिन्नै सपना र विचार थियो । म विवाह गर्न चाहन्थें । तर, फेरि मैले यो महशुश गरें म बिवाहको लागि बनेकी होइन । यसमा कसैको केही पनि गल्ती छैन । मेरो नै गल्ती छ । ’
मनिशाले आफूले हतारमा विवाह गरेका कारण विवाह टुटेको बताइन् । यसको जिम्मेवार आफैँ भएको पनि उनले बताइन् । संयोग पनि कस्तो, मनिशाको सम्बन्ध विच्छेद भएकै वर्ष उनलाई क्यान्सर लागेको थियो । अहिले उनी ठिक भइसकेकी छिन् ।
उनले पहिलो फिल्म ‘सौदागर’ मा आइ लभ युलाई अर्को भाषामा ‘इलु इलु’ भन्न सिकाएका कारण उनलाई बलिउडमा ‘इलु इलु गर्ल’ भनेर पनि चिनिन्छ । उनी अभिनित फिल्म ‘डियर माया’ जुन २ मा रिलिज हुँदै छ ।