Technology

एन्ड्रोइडका जन्मदाताले ल्याए अब आफ्नै स्मार्टफोन

एन्ड्रोइडका जन्मदाताले ल्याए अब आफ्नै स्मार्टफोन

जेठ १८ । कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका हर्ताकर्ता रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका छन् ।

सन् २०१४ मा रुबिनले गुगलको जागिर छाडेर एक प्रविधि लगानी कम्पनी खोलेका थिए । उक्त लगानी कम्पनीले इसेन्सल नामक एक कम्पनीमा लगानी गरेको थियो र सोही इसेन्सल कम्पनीले आफ्नो पहिलो स्मार्टफोनको रुपमा इसेन्सल फोन लञ्च गरेको हो ।

अमेरिकामा ६ सय ९९ डलर मूल्य तोकिएको उक्त डिभाइस एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छ ।  विज्ञहरुले बजारमा हाल स्थापित ब्राण्डका स्मार्टफोनहरु अगाडि यो स्मार्टफोन खरो उत्रिन सक्नेमा शन्देह प्रकट गरेका छन् ।

कतिपयले भने यो फोन महंगो भएको र यसले बजारमा रहेका सुपथ मूल्यका राम्रा फोनसँग टक्कर लिने नसक्ने पनि बताएका छन् । यो स्मार्टफोनमा २ वटा मूख्य क्यामरा रहेका छन् । त्यस्तै एउटा सेल्फी क्यामरा रहेको छ, जसमा सेल्फी मोडमा कुनैपनि प्रकारको प्रकाशको अवस्थालाई ह्याण्डल गर्न सक्दछ ।

फोनको अर्को विशेषता भनेको, यसमा टाइटानियम प्रयोग गरिएको छ । जसका कारण यो फोनमा बाहिरी खोल नराखी नै सुरक्षित हुन सक्छ ।

smartphone

विशेष