मुख्य समाचार

पैशा र पावरको चलेको प्रहरी संगठनमा बढ्दो निराशा

पैशा र पावरको चलेको प्रहरी संगठनमा बढ्दो निराशा


जेठ २८ । वरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेतले १९ वैशाख २०७४ बाट सेवा अवकाश पाए । १९ वैशाख अघि प्रहरी नायव महानिरीक्षकमा बढुवा भएको भए पदावधी एक वर्ष बाँकी रहदा ५५ वर्षिय वस्नेत थप एक वर्ष संगठनमा हुने थिए ।

त्यस्तै अर्का एसएसपी यादवराज खनालले पनि उमेर हदकै कारण १४ जेठमा अवकाश पाए उनी पनि बस्नेत जस्तै त्यसअधि नै डीआइजीमा बढुवा भएको भए अर्को एक वर्ष सेवारत हुन्थे मन्त्री, सचिव, प्रहरी महानिरीक्षक सबैलाई भेटे पनि तर कसैले वास्ता गरेनन् खनाल बताउँछन् ।

पछिल्लो पटक नेपाल प्रहरीमा आइजीपपी नियुक्ति विवादका कारण जवानदेखि प्रहरी अतिरिक्त महानिरीक्षकसम्मको बढुवा ठप्प छ । बढुवा प्रक्रिया अवरुद्ध भएपछि प्रहरी अधिकृतहरु उमेर र सेवा हदका कारण धमाधम धर फर्कदैछन् । तल्लो तहमा अन्योल र नैराश्यता छाएको छ । जबकी प्रहरी नियमावलीमा २०७० का अनुसार दरबन्दी खाली भएको तीन महिनाभित्र बढुवाबाट पूर्ति गरिसक्नु पर्ने छ । गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्ले भन्छन् । प्रक्रियागत रुपमा जाँदा नियुक्ती केहि ढिला भएको हो ।

हाम्रो राजनीति, निजामती, प्रहरीलगायतका क्षेत्रमा काखा र पाखा भन्ने भनाइ नयाँ होइन । प्रहरीमा आफ्नालाई तान्न नियम कानूननको धज्जी उडइएको छ । गत ६ पुसमै पनि हेमन्त मल्ल र केशव अधिकारी डीआइजीबाट सेवा निवृत्त भएपछि त्यसअघिको एकसहित तीन वटा डीआइजीको दरबन्दी खाली छ । तर पदपूर्ति हुन सकेको छैन ।

हिमाल साप्ताहिक

विशेष