मनोरञ्जन

नम्रतालाई धक्का !

नम्रतालाई धक्का !


जेठ २८ । गतवर्ष नम्रता श्रेष्ठको हाइहाइ भयो, फिल्म क्लासिकबाट । राष्ट्रियसहित एक दर्जन अवार्डमा एकछत्र राज गरिन् ।

यही ख्यातिलाई निरन्तरता दिने दाऊमा थिइन, पर्वबाट । किनभने यस फिल्मलाई क्लासिककै निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । थ्रिलर जनराको यस फिल्ममा मुख्य भूमिका थिइन उनी । प्रमोसनमा पनि दिलोज्यान दिएर लागिन । तर पर्वले उनको करिअरमा उत्साह ल्यान सकेन ।

कारण उक्त फिल्मले न पैसा कमायो, द दर्शक, न प्रशंसा । त्यति मात्र होइन नम्रताकै अभिनय रुचाउने दर्शकको पनि खडेरी लाग्यो । पर्वको कमजोर व्यापारले नम्रताले किन पनि धक्का महसुस गरेकी छन् भने यति बेला उनको हातमा कुनै फिल्म छैन । जबकी उनी भन्दा पछि आएकी प्रियंका कार्की, साम्राज्ञीराज्यलक्ष्मी शाहलाई भ्याइनभ्याइ छ ।

विशेष