निर्देशक नै चयन नगरी ‘दीपेन्द्र सरकार’ भन्ने फिल्मको घोषणा
जेठ –२८ । फिल्मलाई निर्देशकको माध्यम भनिन्छ । निर्देशकविना फिल्म निर्माणले गति लिन सक्दैन । तर हामीकहाँ निर्देशक नै नछानी फिल्म घोषणा गरेर समिता देखाइन्छ बेलाबखत । पछिल्लो उदाहरण हो ,‘दीपेन्द्र सरकार’ । काठमाडौंको पाँच तारे होतल याक एन्ड यतीमा निकै तामझामसाथ यस फिल्मको घोषणा त गरियो तर यो फिल्मको निर्देशकदेखि लेखक प्राविधिकसमेत चयन गरिएको छैन । प्रदीप खड्का पूर्वराजा दीपेन्द्र शाहको भूमिकामा रहने मात्रै जानकारी गराइएको छ ।
प्रदीप तिनै हुन् जसको प्रेमगीत–२ प्रदर्शनको क्रममा छ । र प्रेमगीतले पर्याप्त चर्चा नपाएपछि हतारमा दीपेन्द्र सरकार घोषणा गरिएको हो । नत्र बिना आधार फिल्म बनाउँछु भनेर फुई हाक्नुको कुनै तुक छ र ?
–नेपाल साप्ताहिकबाट