खेल

बंगलादेश च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

बंगलादेश च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो


जेठ । आइसीसी च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

हिजो भएको अन्तिम खेलमा अष्ट्रेलियालाई आयोजक ईग्ल्याण्ड४० रनले पराजित गरेसंगै प्रतियोगिताबाट बाहिरएको हो । टस हारेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउंदै २ सय ७७ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि सर्वाधिक रन ट्राभिस हेडको नाममा रहयो उनले नटआउट ७१ रनको योगदान गरे । त्यस्तै एरोन फिन्चले ६८ रन बनाउंदा अष्ट्रेलियाली कप्तान स्टिभ स्मिथको नाममा ५६ रन रहयो । इग्ल्याण्डका बलर आन्द्र रसिल र मार्क उडले समान ४ विकेट लिए ।

जवाफि व्याटिङ गरेको इग्ल्याण्डले ४० दशमलब २ बलमा २ सय ४० रन बनाउदा पानी परेपछि खेल रोकिएको थियो । उक्त प्रतियोगितालाई डकवर्थ लुइस नियमका आधारमा इग्लाण्डलाई ४० रनले विजयी घोषित गरियो ।

इग्ल्याण्ड समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बंगलादेश समुहको उपविजेता हुँदै सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगिता अन्र्तगत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुने छ ।

 

विशेष