समाज

काष्ठमण्डपको प्राचीन स्वरुप बिगारेर पुनर्निर्माण गर्न खोजेपछि विभागविरुद्ध जागे स्थानीयवासी

काष्ठमण्डपको प्राचीन स्वरुप बिगारेर पुनर्निर्माण गर्न खोजेपछि विभागविरुद्ध जागे स्थानीयवासी

जेठ २८ । काष्ठमण्डप भत्कियो । नयाँ ऐतिहासिक तथ्यहरु खुले तर अबको मुख्य चासो भनेको काष्ठमण्डप पुनः निर्माण कसरी हुन्छ भन्ने हो । के यसको संरचना र स्वरुपले प्राचीन स्वरुपलाई आत्मसात गर्ला त ? करिब नगर्ने अवस्था आइसकेको थियो । किनभने पुरातत्व विभागले यस्तो खाका कारेको थियो, जहाँ फलामे नटबोल्टको प्रयोग हुन्थ्यो ।
जबकि, यो विभागकै निर्देशिकाको खिलापमा छ । त्यतिमात्र होइन विभागको ड्रइङमा काष्ठमण्डपको पश्चिमपट्टि एक जोडी सिंह राखिएको छ, जुन त्यहाँ छँदै थिएन । लचिलो शैलीको परम्परागत निर्माण पद्धतिभन्दा विपरीत थियो । यो कुरा स्थानीयवासीलाई पचेन र जागे । सोही कारण अब प्राचीनता र यसको ऐतिहासिक महत्वलाई प्राथमिकतामा राख्दै पुनः निर्माण गृहकार्य सुरु भएको छ । यसकालागि काष्ठमण्डप पुननिर्माणकालागि अभियान, काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र पुनःनिर्माण प्राधिकरणबीच सम्झौता भइसकेको छ । अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठ भन्छन्, ‘ढिला होला तर काष्ठमण्डप निर्माणको ठेक्का रोकिएको थियो भने अब स्थानीवासी आफैं काष्ठमण्डपको पुनर्निर्माणमा सक्रिय भएका छन् ।
र यो कार्यले गति लिन थालेको छ ।
नेपाल साप्ताहिकबाट

विशेष