खेल

यमनविरुद्धको खेलका लागि राष्ट्रिय टोलीमा को-को परे ?

यमनविरुद्धको खेलका लागि राष्ट्रिय टोलीमा को-को परे ?

काठमाडाैंः यमनविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण भएको छ । यमनविरुद्धको खेलका लागि प्रशिक्षक कोजी ग्योटकीले सोमबार २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेका हुन् ।

एएफसी एसियन कप २०१९ को छनौट अन्तर्गत हुने खेलको टोलीमा रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगर परेका छन् ।

त्यसैगरी विकेश कुथु र किरणकुमार लिम्बु, विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, सुजल श्रेष्ठ र विशाल राई परेका छन् ।

आगामी मंगलबार हुने खेलमा अनिल गुरुङ, एलन न्यौपाने, मनबहादुर तामाङ, दिनेश राजवंशी र सुनिल बललाई पनि टोलीमा समावेश गरिएको छ ।

नेपालले यमनविरुद्ध जुन १३ तारिख सशस्त्र प्रहरीको हलचोकस्थित मैदानमा खेल्ने छ । खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

नेपालसँग खेल्न यमनको टोली आइतबार साँझ काठमाडौैं आइपुगेको छ । एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल यमन र नेपालसँग हुन लागेको हो ।

विशेष