देश

जाजरकोटमा मिडिया विकासको सम्भावना विषयक अन्तरक्रिया कार्यक्र सम्पन्न

दीपबहादुर घर्ती

जाजरकोटमा मिडिया विकासको सम्भावना विषयक अन्तरक्रिया कार्यक्र सम्पन्न

जाजरकोट: जिल्ला सदरमुकाम खलंगामा सोमबार जाजरकोटमा मिडिया बिकासको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा, जाजरकोटको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

स्थानिय तहका जननिर्वाचित प्रतिनीधि, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रनिधी र जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागितामा सम्पन्न अन्तरक्रिया कार्यक्रमले समग्र जिल्लाको विकासका लागि मिडिया विकास हुन जरुरी रहेको निस्कर्ष निकालेको थियो । मिडिया कन्टेनलाई निस्पक्ष र विस्वस्नीय बनाउनु पर्नेमा अन्तरक्रियामा बोल्ने बक्ताहरुले जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार जनक केसी र बालकुमार शर्माले छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमवाट प्राप्त राय, सल्लाह, सुझाव र प्रतिक्रियालाई समेटेर जिल्लाको मिडिया बिकासका लागि नीतगत र प्राविधिक पक्षलाई समेटेर जिल्लामा मिडिया बिकास सम्बन्धि गुरुयोजना निर्माण गरिने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले वताए । जिल्लाका ७ वटै स्थानिय तहमा मिडिया विकासका लागि के कस्ता सम्भावनाहरु रहेका छन् भन्ने बिषयमा जननिर्वाचित प्रतिनीधिसंग छुट्टै बसेर छलफल गरिने अध्यक्ष सिंहको भनाई रहेको छ ।

मिडियामा संलग्न पत्रकार राज्यको निति नियमलाई कार्यन्वयन गर्न सहयोग गर्ने र राज्यद्धारा अन्यायमा परेका नागरिकहरुको पक्षमा सशक्त कलम चलाउने जनसेवकका रुपमा रहेका पत्रकार र मिडिया विकास हुन जरुरी रहेमा सबैको एउटै बुझाई रहेको कार्यपत्रका टिप्नीकर्ताहरुले वताएका थिए । कार्यपत्रमा टिप्पनी गर्दै आ–आफ्ना धारणा राख्नेहरुमा त्रिवेणी नगरपालीकाका मेयर टेकबहादुर रावल, छेडागाड नगरपालीकाका मेयर लालबहादुर महतरा, शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र शाही, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह, पत्रकार राजेन्द्र कार्की, बीरबहादुर गिरी, स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डित, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल रहेका थिए । अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा, जाजरकोटलाई जिल्ला समन्वय समितिले आर्थिक सहयोग गरेको थियो ।

विशेष