समाज

स्वरोजगारमूलक व्यवसायका लागि बीउ पुँजी

स्वरोजगारमूलक व्यवसायका लागि बीउ पुँजी

 

काठमाडौँः नेपाल नेत्रहीन सङ्घले आफ्नो रजत महोत्सवको अवसरमा पारेर सुरु गरेको दृष्टिविहीन स्वरोजगार कोसेढुङ्गा कार्यक्रमअन्तर्गत एक्काइस दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी प्रदान गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अपाङ्ग अधिकार प्रबद्र्धन शाखाका अधिकृत निमराज भट्टराईले छनोटमा परेका दृष्टिविहीनलाई उक्त रकम प्रदान गरे ।

सङ्घले सरकारको सहयोगमा यस वर्षदेखि स्वरोजगारमूलक व्यवसाय गर्न चाहने दृष्टिविहीनलाई टेवास्वरुप परियोजनाका आधारमा बढीमा रु १० हजारसम्मको बीउ पुँजी उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ ।

यस वर्ष नाङ्लो पसल, प्लास्टिकजन्य हस्तकला, कपडा पसल, कुखुरा पालनलगायत व्यवसाय सञ्चालनका लागि परियोजनाका आधारमा २१ जनालाई उक्त रकम प्रदान गरिएको र आगामी वर्षमा पनि सो कार्यक्रमले निरन्तरता पाउने जनाइएको छ ।

विशेष