खेल

विश्वकप छनोटमा इटालीको शानदार जीत

विश्वकप छनोटमा इटालीको शानदार जीत


जेठ २९ । विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा इटालीले जित दर्ता गरेको छ ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको इटालीले लिचेस्टाइनलाई ५–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इटालीको जितमा लोरेन्जो इनसिग्ने, आन्द्रेया बेलोटी, एडर, फेडरिको बर्नार्डेस्ची र गाब्बियादिनीले गोल गरे । 

जितसँगै इटालीले समूहको शीर्ष स्थानमा रहेको स्पेनसँग अंक बराबरी गरेको छ । समूहको दोस्रो स्थानमा रहेको इटालीको ६ खेलबाट १६ अंक भएको छ । समूह ‘जी’ अन्तर्गत राति नै भएको खेलमा अल्बानियाले इजरायललाई ३–० ले हराएको छ ।

विशेष