खेल

दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा

जेठ २९ । दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति इंग्ल्यान्डको लन्डनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९२ रनको सामान्य लक्ष्य भारतले ३८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि शिखर धवनले ७८ रन जोड्दा कप्तान विराट कोहलीले अविजित ७६ रनको योगदान दिए । यसअघि, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५औं ओभरमा अलआउट हुनुपूर्व १९१ रनमात्रै बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्वीन्टन डे ककले ५६ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन् । कुनै समय १४० रन जोड्दा २ विकेटमात्रै गुमाएको दक्षिण अफ्रिकाले पछिल्लो ५० रन जोड्दा ८ विकेट गुमाएको थियो । यो जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतले अब सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् अाज हुने खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन् । विजेता टोलीले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।

विशेष