स्वास्थ्य

९ वर्षीय बालकलाई संसारमै दुलर्भ मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेपछि...

९ वर्षीय बालकलाई संसारमै दुलर्भ मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेपछि...

जेठ २९ । सामान्य अवस्थामा जन्मिएका ९ वर्षीय एक बालक संसारमै दुलर्भ मानिने रोग लागेपछि खान–लाउन र स्कुल जानसमेत अप्ठ्यारो परेको छ ।

दक्षिण पाकिस्तानको विकट गाउँमा परिवारका साथ रहेका सह गुल मजारी नाम गरेका ९ वर्षीय बालकलाई मेडिकल भाषामा ‘हिर्स्चस्प्रुंग’ भनिने दुलर्भ रोग लागेको चिकित्सकहरुले बताएका छन् ।

‘हिर्स्चस्प्रुंग’ रोग लागेको बालबालिकाको पेट फुलेर फर्सीभन्दा ठूलो हुने गर्दछ । यसको कारण पेटभित्र रहेको आन्द्रा–भुँडीमा मल तथा दिसा जम्नु हो ।

 उनका बाबु निएज मजारी र आमा मिएन जोह्रनले आफ्नो छोराको बढ्दै गएको पेट देखेर डर लागिरहेको बताए । मजारीलाई अहिले कपडासमेत लगाउन अप्ठ्यारो भएको छ । उनी स्कुल जानसमेत सकेका छैनन् ।

चिकित्सकले सहगुलको समयमै उपचार नभए पेटमा संक्रमण बढ्ने र जटिल रोग ‘इन्टरोकोलेटिक्स’ लाग्ने, जसबाट पेट अहिलेको तुलनामा दोब्बर हुने र बाँच्ने सम्भावना २० प्रतिशतमात्रै रहने बताएपछि उपचार खर्च जुटाउन समस्या भइरहेकोे निएज मजारीले बताए । उनका बाबुले सहगुललाई सुरुमा सरकारी अस्पतालमा निःशुल्क उपचार गरिएपनि खासै उपलब्धि नभएकाले राम्रो अस्पताल जान चाहेको बताए ।

सरकारी अस्पतालमा परीक्षण गरेपछि एकपटक शल्यक्रियामार्फत् पेटको केही भाग ‘मासु’ निकालिएको उनको बाबुको भनाइ छ ।

तर, शल्यक्रियाको केही हप्तासम्म छोराले पेटमा दुखेको बताएको र त्यसको केही महिनापछि फेरि पेट फुल्न थालेको उनको आमा मिएन जोह्रनले बताइन् ।

हाल समरितान हुसैन मस्टोय नाम गरेका कराँचीका प्रहरी अधिकृतले सहगुलकाबारेमा थाहा पाएपछि आफ्नै खर्चमा उपचार गर्ने शर्तसहित कराँचीको जीन्हा अस्पताल ल्याएका छन् ।

हुसैनले बच्चाको हालतले सहयोग गर्न बाध्य पारेकाले उनको परिवारसँग कुरा गरेर जीन्हा अस्पताल ल्याएको बताएको डेलिमेलले उल्लेख गरेको छ । उनले भने–‘बच्चाको लाइफ सेभिङ सर्जरी गरेपछि सामान्य अवस्थामा फर्कनेसक्ने चिकित्सकले बताएपछि मलाई खुसी लागेको छ । नेसनल हेल्थ सोसाइटी बेलायतकाअनुसार बालबालिकालाई ‘हिर्स्चस्प्रुंग’ रोग लागेपनि कतिपय अवस्थामा किशोर–किशोरीहरुलाईसमेत यो रोग देखापर्न सक्छ ।

अहिलेसम्म यो रोग लाग्नुको खास कारण पत्ता नलागेपनि गर्भाधारणको समयमा आमाको पेटमा देखिने विकृतका कारण यस्तो हुनसक्ने जनाइएको छ ।

हेल्थ सोसाइटीले यस्तो रोग लागेमा खाना खाएको ४८ घन्टासम्म पनि दिसा नलाग्ने, पेट ढुस्स फुल्ने, खान मन नलाग्ने, झोलपदार्थ पिउँदा बान्ता हुनेलगायत लक्षणहरु देखापर्ने उल्लेख गरेको छ ।

यस रोगको उपचार भनेको समयमै अनिवार्य शल्यक्रिया गर्नुपर्ने सोसाइटीले उल्लेख गरेको छ ।

विशेष