मनोरञ्जन

‘कमलेको बिहे’मा अनुपले सन्ध्यालाई भगाउने !

‘कमलेको बिहे’मा अनुपले सन्ध्यालाई भगाउने !

जेठ २९ । नेपाली समाजको परिवेशलाई चित्रण गरिएको कमेडी जनराको फिल्म ’कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा समावेश लिड अभिनेता अनुपबिक्रम शाहीले निभाएको भुमिकालाई धेरैले प्रसंशा गरेका छन । अनुपले निभाएको हालसम्मकै फरक अभिनयलाई दर्शकले तारिफ गरेका छन् ।

उनले शास्त्री पण्डितको रुपमा निर्वाह गरेको भुमिकासँगै चमेली बनेकी अभिनेत्री सन्ध्या केसीको लुक्स र अभिनयलाई पनि तारिफको ओहिरो छ । प्रसन्न पौड्याल निर्दे्शित फिल्मको आधिकारिक रिलिज मिति तय भईसकेको छैन् । श्रावण महिनामा रिलिजको तयारीमा निर्माण टिम जुटेको छ ।

सरिता लामाले फिल्मलाई निर्माण गरेकी हुन् । निर्देशन पौड्याल नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार रहेको बताउँछन् ।

फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन् । सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन् ।

राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको फिल्ममा समावेश गीतमा शिवाकोटीसँगै माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ ।

सम्राट वस्नेतको द्वन्द्व निर्देशन रहँदा नृत्य निर्देशन दिपकमान सिंहले गरेका छन् । तारा थापा ‘किम्भे’ फिल्मका सम्पादक हुन् । दिनेश प्रकाश महरा प्रोडक्सन डिजाईनर रहेको फिल्ममा प्रोडक्सन व्यवस्थापनको काम प्रकाश हमालले गरेका छन् ।

विशेष