मनोरञ्जन

शाहरुखकी छोरी सुहाना, बलिउडमा ‘डेब्यु’ गर्ने संकेत

शाहरुखकी छोरी सुहाना, बलिउडमा ‘डेब्यु’ गर्ने संकेत

जेठ २९ । बलिउड स्टार शाहरुख खानकी छोरी सुहाना १७ वर्षकी भइन् । उनकी आमा गौरी खानले छोरी अब ठूली र राम्री भएकी भन्दै सामाजिक सञ्जालमा फोटोहरु पोस्ट गरेर जन्मदिनको शुभकामना दिएकी छिन् ।

सन् २००० मे २२ अर्थात् आजकै दिनमा जन्मिएकी सुहाना ठ्याक्कै १७ वर्षकी भइन् । गौरीले ट्वीटरमा ‘बर्थडे गर्ल’ भन्दै आफ्नो छोरीको खुलेर प्रशंसा गरेकी छन् ।

गौरी र शाहरुखले मिलेर सुहानाको बर्थडेमा ठूलै पार्टीको आयोजना गर्दैछन् । गौरीको ट्वीटरलाई लिएर बलिउड विश्लेषकहरुले अब शाहरुखकी छोरी सुहाना बलिउडमा आउने संकेत मिलेको बताएका छन् ।  

स्कुल जीवनमै विभिन्न नाटकमा सहभागी भइसकेकी सुहानाले बलिउडमै आफ्नो भविष्य खोज्ने बताइसकेकी छन् । सुहानाको मुख्य रोजाइ नै कलाकारिता रहेको उनले आफ्नो इन्स्ट्राग्राममा उल्लेख गरेकी छन् । 

शाहरुखले आफ्नो अन्तर्वार्तामा ‘सुहाना मभन्दा पाँच गुणा बढी लगनशील र १० गुणा बढी मिहेनत र धैर्यताका लागि तयार भइन् भने उनले बलिउडमा डेब्यु गर्नसक्ने’ बताएका छन् ।

शाहरुखले भनेका छन्–‘मेरी छोरीले ती सबै कुराको संघर्ष गरोस्, जुन मेरा महिला साथीहरुले बलिउडमा आफ्नो स्थान बनाउन दुःख गरेका छन् । म मेरी छोरीको दुःख महसुस गर्न चाहान्छु ।

विशेष