मनोरञ्जन

अमिरको दंगल अब हङकङमा

अमिरको दंगल अब हङकङमा


जेठ ३० । अभिनेता आमिर खान अभिनित फिल्म ’दंगल’ ले चीनमा मात्र १२ अर्ब कमाउँदै विश्वव्यापी कुल कमाइको आँकडा १९ अर्ब २० करोड र्पुयाएको छ ।

योसँगै ’दंगल’ सबैभन्दा बढी कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ । चीनमा पाएको सफलतासँगै फिल्म ’हङकङ’ का दर्शकबीच पनि प्रतीक्षित बनेको छ । फिल्म आउँदो अगस्त ३१ मा ’हङकङ’मा रिलिज हुँदैछ ।

आमिरको फिल्मले एसएस राजमौलीको फिल्म ’बाहुबलीः दि कन्क्लुजन’ लाई पनि विश्वव्यापी कमाइमा पछि पारेको छ । राजामौलीको फिल्मले विश्वव्यापी रुपमा १६ अर्ब ३३ करोड कमाइ गरेको थियो ।

विशेष