मनोरञ्जन

यी एक्टरका बिमारीका कारण रातारात हिट भए सलमान

यी एक्टरका बिमारीका कारण रातारात हिट भए सलमान


जेठ ३० । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ जुन २३ मा रिलिज हुन गइरहेको छ । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘बीवी हो तो एसी’ बाट छोटो भूमिकामा सुरु गरेका थिए । त्यसबाट त्यति सफलता नपाएका सलमान दोस्रो फिल्म ‘मेने प्यार किया’ बाट रातारात हिट भए ।

उक्त फिल्मको सफलता पछि सलमानलाई कहिल्यै पछि फर्केर हेर्नुपरेन । तर, उनलाई त्यो समयमा रातारात स्टार बनाउनमा अर्का अभिनेताको पनि हात रहेको छ । फिल्ममा सलमान भन्दा पहिला प्रेमको भूमिका एक्टर फराज खानलाई दिइएको थियो । जो आज गुमनामको जिन्दगी बाँचिरहेका छन् ।

त्यही समय फराज बिमारी भए र उक्त भूमिका सलमानलाई दिइयो । प्रेमको भूमिकाको लागि फाइनल भइसकेका फराज फिल्मको सुटिङ सुरु हुनु पहिला नै बिमारी भए । त्यही समय फिल्मको अफरको खोजीमा रहेका सलमानलाई उक्त अफर गरियो । त्यस समयदेखि सलमानले आफ्नो करियरमा अहिलेसम्म पनि पछि फर्केर हेर्नु परेको छैन ।

विशेष