खेल

एसियन कप छनौट खेल सुरु

एसियन कप छनौट खेल सुरु

जेठ – ३० । नेपाल र यमनबीच एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गतको खेल जारी छ । एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजेबाट खेल सुरु भएको हो ।

समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । पहिलो खेलमाा ताजकिस्तानलाई २–१ ले हराएको यमन र नेपाललाई हराएको फिलिपिन्स तीन अंकसहित समूहको दोस्रो र पहिलो स्थानमा छन् भने गोल अन्तरका आधारमा नेपाल पुछारमा छ ।

यमनसँगको खेलमा नेपालले कडा टक्कर दिने अपेक्षा छ । तर त्यसका लागि पछिल्ला खेलमा देखिएको कमजोरी नेपाली टोलीले सुधार गर्नु पर्छ ।

विशेष