मनोरञ्जन

बढ्यो ‘द कपिल शर्मा शो’ को टीआरपी, जान्नुहोस् कति स्थानमा आयो ?

बढ्यो ‘द कपिल शर्मा शो’ को टीआरपी, जान्नुहोस् कति स्थानमा आयो ?

जेठ – ३० । बलिउडको चर्चित शो ‘द कपिल शर्मा शो’ को टिआरपी ह्वात्तै बढेको छ । शोका सदस्य महशुर गुलाटी अर्थात् सुनिल ग्रोभरले उक्त शो छोडेदेखि टीआरपी घट्दै गएको चर्चा पनि खुब छायो ।

ग्रोभरको डा. महशुर गुलाटी र रिंकु भाबीको भूमिका दर्शकले औधी रुचाएका थिए । शोबाट उक्त भूमिका हराएर गएको कारण शोको टिआरपी पनि घट्दै गएको थियो । यो अवस्थालाई पार गर्नको लागि कपिललाई पनि कष्ट हुने भनेर धेरैले अनुमान गरेका थिए ।

अहिले उक्त शो पाचौँ स्थानमा आउन सफल भएको छ । पहिलो स्थानमा कुमकुम भाग्य रहेको छ । दोस्रो स्थानमा ‘ये रिश्ता क्या कहलाता है’ र तेस्रो स्थानमा ‘नागिन’ रहेको छ भने चौथो स्थानमा ‘सा रे ग म प लिटल च्याम्प्स’ रहेको छ ।

विशेष