फुड स्वास्थ्य

खाली पेटमा लिची खाए ज्यान जान सक्ने खतरा !

खाली पेटमा लिची खाए ज्यान जान सक्ने खतरा !

जेठ - ३० । फलफूलमा लिची धेरैको प्रिय मानिन्छ । त्यसमाथि पनि अहिले लिचीकै सिजन छ । लिचीले शरीरमा धेरै फाइदा पुर्याए पनि यो रसीलो र स्वादिलो फल खाली पेटमा खाँदा भने ज्यान नै जान सक्ने विभिन्न अध्ययनहरुले पुष्टि गर्दै आएको छ ।

लिचीमा हुने हाइपोग्लिसिन नामको तत्व विषालु मानिन्छ । यही तत्वले शरीरमा गुलकोज बन्ने प्रक्रियालाई रोक्छ । शरीरमा यो विष पुगेपछि सुगरको मात्रा पनि अचानक कम हुँदै जान्छ । यसैले मृत्यु निम्त्याउने बताइन्छ ।

यसका साथै लिचीले मस्तिष्कमा यस्तो समस्या पैदा गर्छ जसले ज्यान नै लिन सक्ने बताइन्छ । एक्यूट इन्सेफेलाइटिस सिन्ड्रम नाम गरेको यस बिमारीले अहिलेसम्म सयौँले ज्यान गुमाएको तथ्य पनि बाहिर आएको छ ।

त्यसकारण पनि लिची खाली पेटमा सेवन नगर्न चिकित्सकहरुले सल्लाह दिँदै आएका छन् । यसकासाथै दिनमा १० वा १२ वटाभन्दा बढि लिची सेवन गर्नु पनि स्वास्थका लागि हानिकारक मानिन्छ ।

विशेष