देश

बहुक्षेत्रीय पोषण योजनालाई नतिजामुखी बनाउन पत्रकारहरुलाई अनुशिक्षण

दीपबहादुर घर्ती

बहुक्षेत्रीय पोषण योजनालाई नतिजामुखी बनाउन पत्रकारहरुलाई अनुशिक्षण

जेठ - ३० । गत माघ महिना देखि जिल्लामा साविकका ६ वटा गाविसमा सञ्चालन भएको बहुक्षेत्रीय पोषण योजनालाई नतिजामुखी बनाउनालाई मंगलवार पत्रकारहरुलाई अनुशिक्षण गरिएको छ । योजना कार्यन्वयनमा प्रभावकारीता हासिल गर्नका लागि जिल्ला समन्वय समिति जाजरकोटले पत्रकाहरुका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

बहुक्षेत्रिय पोषण योजनालाई कार्यन्वयन गर्ने निकायका रुपमा रहेको जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला समन्वय समिति रहेका छन् ।

बहुक्षेत्रीय पोषण योजना कार्यन्वयनका लागि यस बर्ष जाजरकोटमा स्वीकृत भएको ९१ लाख रुपैयाको बजेट रहेको छ । उक्त ९१ लाख बजेटलाई जिल्ला कृषि विकास कार्यालय मार्फत १८ लाख, जिल्ला पशु सेवा कार्यालय मार्फत १८ लाख, जिल्ला शिक्षा कार्यालय मार्फत १४ लाख, महिला तथा बालबालिका कार्यालय मार्फत १४ लाख, खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय मार्फत १४ लाख र जिल्ला बिकास समिति मार्फत १३ लाख रुपैया खर्च गर्ने गरि बजेट बिनियोजन गरिएको स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले जानकारी दिए ।

बहुक्षेत्रीय पोषण योजना कार्यन्वयन गर्ने निकायका रुपमा रहेका कार्यालयलाई आफुले पश्कि दिई सकेको र पेश्कि दिए अनुसार ६० प्रतिशत काम सम्पन्न भई सकेको छ, स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले भने–“बहुक्षेत्रीय पोषण योजनालाई कार्यन्वयन गर्ने निकायका रुपमा रहेका कार्यालयले के कति काम गरेका छन् त्यसको खाजीनिति गर्न म पत्रकार साथिहरुलाई आग्रह गर्दछु ।”

योजनाको कार्यक्षेत्र रहेका स्थलहरुको पोषण सुधार गर्नका लागि पोषणयुक्त खाद्य तथा तरकारी बाली उत्पादनमा बृद्धी गर्न जिल्ला कृषि विकास कार्यालयले विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको बहुक्षेत्रीय पोषण योजनाका फोकल पर्सन तथा जिल्ला समन्वय समिति जाजरकोटका सामाजिक विकास अधिकृत दलबहादुर घर्तीले बताए ।

त्यसैगरि पशु/पन्छीजन्य कृषि उत्पादकत्वलाई बृद्धी गरि खाद्य तथा पोषणलाई सुदृढ गर्न जिल्ला पशुसेवा कार्यालयलाई विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको घर्तीले वताए । त्यसै गरि जिल्ला शिक्षा कार्यालयले विद्यालय तहमा पोषण बगैचा निर्माण गर्नुका साथै पोषणसंग सम्बन्धित स्थानिय पाठ्यक्रम निर्माण गर्ने कार्यक्रम रहेको घर्तीको भनाई रहेको थियो ।

महिला तथा बालबालिका कार्यालयले नवजात शिशुलाई गराईने नियमित स्तनपान, पुरक खाना, नियमित गर्भ जाँच तथा खोप, महिला प्रजनन स्वास्थ्य सम्बन्धिका विबिध सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने घर्तीले जानकारी दिए ।

त्यसैगरि खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले शुरक्षित शुद्ध पिउने पानीका लागि फिल्टर वितरण, पानी शुद्धीकरणका लागि प्रयोग गरिने सामाग्रीहरु वितरण, व्यक्तिगत र वातावरणिय सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । त्यसैगरि जिल्ला समन्वय समितिले बहुक्षेत्रीय पोषण योजनाको समग्र अनुगमन, रिर्पोटिङ, भेला, गोष्टी र पलानिङ्ग जस्ता कृयाकलापहरु सञ्चालन गर्दै आई रहेको उनले जानकारी दिए ।

आमाको कोखवाट जन्मिनु पुर्व गर्भावस्थामै बच्चाको ३० प्रतिशत मानसिक तथा शारीरिक वृद्धी विकास भैसक्ने र बच्चा जन्मेको एक बर्षमा २५ प्रतिशत र दोश्रो बर्षमा २५ प्रतिशत बच्चाको मानसिक तथा शारिरिक बृद्धी विकास हुने बहुक्षेत्रीय पोषण योजना जाजरकोटका संयोजक गगनसिंह ठगुन्नाले जानकारी दिए । सुनौला हजार दिन भित्र ८० प्रतिशत बच्चाको मानसिक तथा शारिरिक बृद्धी विकास हुने संयोजक ठगुन्नाले ठोकुवा गरे ।

त्यसैगरि सुनौला हजार दिन पछि तीन बर्षमा १० प्रतिशत मात्र बच्चाको मानसिक तथा शारिरिक बृद्धी विकास हुने संयोजक ठगुन्नाले तर्क अगाडी सारे । ५ बर्ष पछि बाकी पुरै जीवनभर १० प्रतिशत मात्र हरेक मान्छेको मानसिक तथा शारिरिक बृद्धी विकास हुने संयोजक ठगुन्नाको भनाई रहेको छ ।

बहुक्षेत्रीय पोषण योजना जिल्लामा साविकको रामीडाँडा, रोकायगाउँ, नायकवाडा, दहँ, कार्ताङ र गर्खाकोट गाविसमा यस बर्ष सञ्चालन भएको छ भने, आगामी बर्षमा जिल्लाका ७ वटै स्थानिय तहमा सञ्चालन हुने वताईएको छ । राष्ट्रिय योजना आयोगको नेतृत्वमा बिभिन्न बिषयगत मन्त्रालय मार्फत सञ्चालित बहुक्षेत्रीय पोषण योजना सन् २०२२ सम्म सञ्चालन हुने बताईएको छ । सेप्टेम्वर सन् २०१२ देखि सुरु भएको बहुक्षेत्रीय पोषण योजना जाजरकोट लगाएतका २८ वटा जिल्लामा सञ्चालनमा रहेको छ ।

विशेष