मनोरञ्जन

सात वर्षपछि एश्वर्या र अभिषेकको जोडि फेरि पर्दामा जम्ने

सात वर्षपछि एश्वर्या र अभिषेकको जोडि फेरि पर्दामा जम्ने

जेठ - ३० । बलिउडको आदर्श जोडि मानिने अभिनेत्री एश्वर्या राय वच्चन र अभिनेता अभिषेक वच्चन सात वर्ष पछि पर्दामा जम्ने भएका छन् ।

उनीहरु दुई एकसाथ फिल्ममा काम गर्ने भनेर कुरा भइरहेको भारतीय मिडियाले जनाएको छ । तर, अहिले नै टुंगो भने लागिसकेको छैन । चर्चाअनुसार यी दुई अनुराग कश्यपको फिल्म ‘गुलाब जामुन’ मा अनुबन्धित भइसकेको बताइएको छ ।

उक्त फिल्मलाई नयाँ निर्देशकले निर्देशन गर्ने र निर्माण भने अनुराग कश्यपले गर्ने बताइएको छ । सात वर्षअघि फिल्म ‘रावन’ मा एकसाथ देखिएका एश्वर्या र अभिषेक पुनः पर्दामा साथ देखिन लागेका हुन् ।

विशेष