मनोरञ्जन

रोहितको फिल्ममा सलमान र प्रभास सँगै

रोहितको फिल्ममा सलमान र प्रभास सँगै


जेठ ३१ । फिल्म ‘बाहुबली’ को सफलता पछि प्रभास दक्षिण भारतकै सबभन्दा चर्चित अभिनेता बनिसकेका छन् । भारतीय संचार माध्यमका अनुसार निर्देशक रोहित शेट्टी अर्को एक्सन फिल्म लिएर आउँदै छन् । जसमा उनी सलमान र प्रभासलाई एकसाथ काम गराउन चाहन्छन् ।

तर, यसको लागि भने रोहितलाई केही समय पर्खिनु पर्ने हुन्छ । किनभने प्रभास फिल्म ‘साहो’ र सलमान ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त रहेका छन् । त्यसपछि सलमान फेरि आफ्नो होम प्रोडक्सनको फिल्म ‘दबंग ३’ मा व्यस्त रहन्छन् ।

त्यसकारण पनि रोहितले बनाउन लागेको उक्त फिल्म सन् २०१९ भन्दा अघि बन्ने कुनै सम्भावना छैन ।

विशेष