मनोरञ्जन

रिलिजअघि नै ‘प्रेमगीत २’ को क्लाइमेक्स सीन लिक

रिलिजअघि नै ‘प्रेमगीत २’ को क्लाइमेक्स सीन लिक

जेठ - ३१ । गत वर्षको बहुचर्चित फिल्म ‘प्रेमगीत’ को सिक्वेल बनेर आएको फिल्म ‘प्रेमगीत २’ का केही महत्वपूर्ण क्लाइमेक्स सिनहरु लिक भएका छन् । सार्वजनिक भएको उक्त क्लाइमेक्समा नायक प्रदिप खड्का विलकुल फरक अवतारमा देखिएका छन् । यसले गर्दा दर्शक माझ पनि कौतूहुलता उत्पन्न गराएको छ ।

निकै नै प्रयास गरेर लुकाउन खोजिएको उक्त क्लाइमेक्स सिनलाई सुटिङ सेटबाटै बाहिरिएको आशंका गरिएको छ । यसलाई लिएर नायक प्रदिप खड्काले पनि आपत्ती जनाउँदै सेटमा काम गर्न आउनेले नै लिक गरेको कुरा फेसबुकमा समेत लेखेका छन् । यही साउन १३ गते रिलिज हुने उक्त फिल्ममा अश्लेशा ठकुरी र प्रदिप खड्काको मुख्य भूमिका रहेको छ ।

विशेष