संरक्षणको अभावमा सडकमा भौतारिदै ११ वर्षीया असक्त बालक विन बहादुर
दीपबहादुर घर्ती
जेठ ३१ । बारेकोट गाउँपालिका–८ लैखमका ११ वर्षीय बिनबहादुर सिंह बोल्न पनि नसक्ने र कान पनि नसुन्ने जन्मजात शारीरिक असक्त हुन् । जन्मजात शारीरिक असक्त सिंह जन्मेको एक वर्ष पुग्दा नपुदै बाबुलाई गुमाए । सिंह जन्मेको दुई वर्ष पुग्दा नपुग्दै आमाले दोश्रो विवाह गरेपछि मातृ तथा पृती स्नेहवाट उनी बञ्चित भए ।
संरक्षणको अभावमा ११ वर्षीय सिंह सडकमा दिनरात बिताउन बाध्य भएका छन् । सांकेतिक भाषामा बोल्न सक्ने बिनबहादुर कान नसुन्ने भएपछि आवाजले उनलाई कुनै काम गर्न सकिरहेको छैन् । बुवा लोकबहादुर सिंह बितेको एक बर्ष पुग्दा नपुग्दै आमा मन कुमारी सिंहले अर्कैसंग बिबाह गरेपछि शारीरिक अशक्त बालक अलपत्र परेका हुन् । उनको १५ वर्षीया जेठी दिदी प्रेममाया सिंह आमाको घरमै बसेर कक्षा ६ मा अध्ययन गरिरहेकी छन् भने, १३ वर्षीया कान्छी दिदी पुष्पा सिंह मामाको घरमा बसेर कक्षा ५ मा अध्ययन गरिरहेकी छन् ।
गाउँलेहरुको सहयोगमा गत वर्ष अपाङ्गताको परिचय पत्र लिन भनेर जिल्ला सदरमुकाम खलंगा पुगेका सिंहलाई अपाङ्गता परिचय पत्र लिनका लागि डाक्टरको सिफारिस चाहिने परिचय पत्र दिने महिला तथा बालबालिका कार्यालयले बताएको थियो ।
डाक्टरको सिफारिस लिन भनेर जिल्ला अस्पताल पुगेका बिनबहादुरलाई जिल्ला अस्पतालले कान नसुन्ने, र बोल्न नसक्ने अपाङ्गताको लागि डाक्टरले सिफारिस गर्नका लागि स्वास्थ्य चेक जाँच गर्नै पर्ने बताएको थियो । डाक्टरले सिफारिस दिन नमानेपछि बिनबहादुरको अपाङ्गता परिचय पत्र बन्न सकेको छैन ।
बिनबहादुरको बाजेको नाममा रहेको पुर्खेली २४ रोपनी जग्गा ४५ सालको नापीमा जग्गा नापी भएको भएता पनि हालसम्म लालपुर्जा भने, बन्न सकिरहेको छैन । नापी भएको तर, जग्गा धनी पुर्जा बन्न नसकेको जग्गा जमिन बुवाको पालासम्ममा चलनभोग गर्दै आएको भएतापनि हाल उक्त जमिन प्रयोगमा रहन सकेको छैन ।
गत वर्ष गाउँलेहरुको सहयोगमा लालपुर्जा लिन भनेर जिल्ला मालपोत कार्यालयमा पुगेका बिनबहादुरलाई ५५ हजार रुपैया राजश्व बुझाएपछि लालपुर्जा लिन सक्ने जिल्ला मालपोत कार्यालयले बताएपछि संरक्षण अभावमा रहेका बिनबहादुरले ५५ हजार राजश्व जम्मा गर्न नसकेपछि जिल्ला मालपोत कार्यालयवाट लालपुर्जा पाउन सकेका छैनन् ।
Differently able person