देश

कार्यालय प्रमुख नहुँदा काम प्रभावित

कार्यालय प्रमुख नहुँदा काम प्रभावित

 

जेठ - ३१ । कार्यालय प्रमुख नहुँदा जिल्ला वन कार्यालय दोलखाका काम कारवाही प्रभावित भएको छ । जिल्ला वन कार्यालय दोलखाका प्रमुख जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारी सहसचिवमा बढुवा भएपछि गत फागुन महिनादेखि कार्यालय प्रमुख पदमा कसैको पदपूर्ति नहुँदा कार्यालयको कामकारवाही प्रभावित भएको हो ।

भण्डारीको बढुवा भई सरुवा भएपछि निमित्त प्रमुखमा सहायक वन अधिकृत गोविन्दप्रसाद दाहाललाई तोकेको तर उहाँ पनि उपसचिवमा बढुवा हँुदा हाल जिल्ला वन कार्यालय दोलखा प्रमुखविहीन बनेको हो ।

कार्यालय प्रमुख नहुँदा कतिपय विकासे काम अलपत्र परेको छ भने आर्थिक वर्ष सकिन लागेको हुँदा विकास रकम फिर्ता जाने सम्भावना पनि बढेर गएको जिल्ला वन कार्यालय दोलखाका कर्मचारी बताउँछन् ।

कार्यालयले गर्ने वृक्षरोपणका काम, बिरुवाको टेन्डर, पुराना कामको भुक्तानी, वन मुद्दा फैसलाजस्ता कार्यसमेत प्रमुख नहुँदा गर्न नसकेको जिल्ला वन कार्यालय दोलखाका नायब सुब्बा राजेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीकाअनुसार कार्यालय प्रमुखको अभावमा वार्षिक कार्यप्रगतिमा समेत असर पर्नसक्छ ।

विशेष