खेल

तेक्वान्दोका पदक विजेता खेलाडी सम्मानित

तेक्वान्दोका पदक विजेता खेलाडी सम्मानित

 

जेठ - ३१ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका आइटिएफ खेलाडीलाई भक्तपुर जिल्ला खेलकुद विकास समिति र विद्या विकास सेकेन्डरी बोर्डिङ स्कुलले संयुक्तरुपमा बुधबार सम्मान गरेका छन् ।

विकास समिति र विद्या विकासले एक वर्षअघि बेलायतमा भएको आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरेको हो । लक्ष्मणले ब्राइटर शहरमा भएको च्याम्पियनसिपअन्तर्गत १८औँ एडल्ट प्रतिस्पर्धामा कास्यपदक हात पारेका थिए । उनले ६४ केजीको स्पाइरिङमा पनि कास्य हासिल गरेका थिए ।

लक्ष्मणले यसअघि सन् २००४ मलेसियामा भएको ओपन आइटिएफ च्याम्पियनसिपमा कास्य जितेका थिए । त्यसैगरी, सस्मनले बेलायतमा भएको प्रतियोगिताको १४–१५ वर्ष उमेर समूहअन्तर्गत कलर बेल्ट ६४ केजीमा रजत पदक हात पारेका थिए ।

कार्यक्रममा फोटो पत्रकार रजेन्द्र केसी र तेक्वान्दो आइटिएफ नेपालका प्रशिक्षक गयाजी खड्कालाई पनि सम्मान गरिएको थियो । उनीहरूलाई ओलम्पियन तथा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीत बहादुर केसी, विद्या विकास स्कुलका प्राचार्य प्रदीप क्षेत्री र भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलीप केसीले सम्मान गरेका थिए ।

विशेष