मुख्य समाचार

जसले दुई तलमाथिबाट खस्दै गरेकी बालिका बचाए

जसले दुई तलमाथिबाट खस्दै गरेकी बालिका बचाए

जेठ – ३१ । नेपालजञ्ज उपमहानगरपालिका १२ स्थित वीपी चोक नजिकै दुई तलामाथिबाट खस्दै गरेकी बालिकाको सकुसल उद्धार गरिएको छ । वीपी चोक नजिकै ड्यूटीमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले बालिका जमीनमा खस्नु पूर्व नै समातेर सकुसल उद्धार गरेका हुन् ।

मंगलबार बेलुका सवा चार बजेतिर दुई तले घरको छतबाट स्थानीय नफिज करिवालको तीन वर्षीया छोरी जयनत करिवालको उद्धार गरिएको हो । त्यसठाउँमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालयबाट ड्युटीमा खटिएका प्रनानी कठायतसहितको टोली थियो ।

विशेष