समाज

योग दिवस मनाउन मूल समिति गठन

योग दिवस मनाउन मूल समिति गठन

 

जेठ - ३१ । नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा एक सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

शिक्षा मन्त्रालयमा आज योग क्षेत्रका विज्ञ र शिक्षासँग सम्बद्ध संस्थाको बैठकबाट गठन भएको सो समितिले आगामी असार ७ गते (जुन २१) विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि सो दिवस मनाउन निर्देशन र व्यवस्थापनका काम गर्नेछ । बैठकले शिक्षा मन्त्रालय मातहतका सबै निकाय र विद्यालय तहसम्म भव्यताका साथ दिवस मनाउन र योग शिक्षा प्रवद्र्धन गराउने निर्णय गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) ले नेपालमा पनि हरेक वर्ष सो दिवस मनाउने भनी २०७३ जेठ २६ मा निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले हरेक विद्यालय र टोल टोलमा योग शिक्षाको प्रवद्र्धन गरिनुपर्ने बताउँदै मानिसलाई आनन्द र सुख हुने स्थिति भएमा मुलुकले समृद्धि हासिल गर्ने विचार व्यक्त गरे । दिवस मनाउन गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पनि सहयोग लिइने मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभामा प्रस्ताव गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिइएको हो । 

विशेष