देश

छोरी जन्मिएपछि आमा बेहोस, बाबु धुरुधुरु रोए

छोरी जन्मिएपछि आमा बेहोस, बाबु धुरुधुरु रोए

जेठ । वैतडीको सिगास गाउँपालिका–१ टकौराकी विमला भुल सुत्केरी व्यथा लागेर गाजरी आइन् । शुक्रबार राति १० बजे अनमी गोदावरी ढाटले सुत्केरी गराउने तयारी गरिन् । उनका श्रीमानसहित आफन्त बाहिर प्रतीक्षामा थिए ।

अनमीले छोरी जन्मेको सुनाउनेबित्तिकै विमला बेडमै बेहोश भइन् । श्रीमान् जीतबहादुर छेउमा गएर धुरुधुरु रुन थाले । २६ वर्षीया विमला छैटौं सन्तान पनि छोरी जन्मिएको सुन्दा बेहोश भएकी थिइन् । उनकी जेठी छोरी अहिले ९ वर्ष पुगिन् । राति संयोगले स्वास्थ्यचौकीमै बास बसेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थी र सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य विमला बेहोश भएको खबर पाएपछि सोचमग्न भए ।

डाक्टरले सम्झाएपछि श्रीमान् रुन छोडे । विमलालाई एक घण्टापछि होश आयो । छोराको आशमा उनले ज्यान जोखिममा राखेर उनले छैटौंपटक गर्भधारण गरेकी थिइन् । बैतडीमा छोराको आशमा बढी सन्तान जन्माउने धेरै छन् । अन्य क्षेत्रको तुलनामा च्वागढ र डिलासैनीमा छोरा नभई नहुने मान्यता छ। अन्धविश्वास, सामाजिक प्रतिष्ठा र दबाबका कारण छोराको आशमा बर्सेनि गर्भधारण गर्ने तथा कतिपयले बहुविवाहसमेत गर्दै आएका छन् ।

२३ वर्षदेखि अनमी रहेकी गादावरी ढाटका अनुसार छोरा नजन्मेसम्म गर्भधारण गर्ने महिलाको संख्या धेरै छ । ‘कसैले ४५ सन्तानसम्ममा छोरा नभए अर्को बिहे गर्छन्’, उनले भनिन्, ‘छोराको आशमा १३१४ सन्तान जन्मिएका पनि छन् । उनका अनुसार ७८ पटक गर्भधारण गर्नु यहाँ सामान्य हो ।

कान्तिपुर

विशेष