मनोरञ्जन

बाबा रामदेवको बायोपिक बनाउँदै अजय देवगन

बाबा रामदेवको बायोपिक बनाउँदै अजय देवगन


असार १ । बलिउड अभिनेता अजय देवगनले बाबा रामदेवको बायोपिक बनाउने भएका छन् । यतिबेला उनी ‘बादशाहो’ र ‘गोलमाल अगेन’ को सुटिङमा व्यस्त रहँदै आएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार देवगानले अभिनव शुक्लासँग मिलेर टेलिभिजन सिरियल ‘बाबा रामदेवः द अन्टोल्ड स्टोरी’ बनाउन लागेका हुन् ।

उक्त सिरियलमा बाबा रामदेव र उनका सहयात्री बालकृष्णको जीवन यात्रालाई प्रमुख रुपमा दर्शाइने बताइएको छ । सामान्य व्यक्ति योग गुरु भएको र अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएकोबारे देखाइन्छ ।

फिल्मको सुटिङ वर्षको अन्त्यसम्ममा सुरु हुने अनुमान गरिएको छ । हरियाणाको एउटा गाउँमा जन्मिएका रामकृष्ण यादवले योगा र संस्कृतको पढाई गरेका थिए । उनलाई नै स्वामी शंक देवले रामदेवको नाम दिएका थिए ।

विशेष