मनोरञ्जन

कपिलको शो छोडेपछि दादीले पहिलो पटक खोलिन् मुख

कपिलको शो छोडेपछि दादीले पहिलो पटक खोलिन् मुख


सुनिल ग्रोभरसँग फ्लाइटमा कपिल शर्मासँगको झगडा पछि शोका अली असगर, सुगंधा मिश्रा, चंदन प्रधाकरले कपिलको शो छोडेका थिए । ‘द कपिल शर्मा शो’ मा दादीको भूमिका निभाउने अली असगरले हालै शो छोडेकोबारे एक अन्तर्वातामा कुरा गरेका छन् ।

अन्तर्वातामा उनले आफूले ‘द कपिल शर्मा शो’ लाई एकदमै मिस गरिरहेको बताएका छन । आफ्नो भूमिका फिका बन्दै गएको र त्यसलाई सुधार गर्नको लागि पनि कुनै सम्भावना बाँकी नरहेकाले गर्दा आफूले उक्त शो छोडेको उनले बताए । काम गर्ने टिम राम्रो हुँदा हुँदै पनि आफू जिन्दगीमा एक अपरिहार्य निर्णय गर्न पुगेको उनले बताए ।

अब सुनिल ग्रोभरको टिम अली असगर, सुगन्धा मिश्रा, संकेत भोसले र क्रियटिभ डाइरेक्टर सिमोस कृष्ण अभिषेकसँग मिलेर नयाँ शो सञ्चालनमा ल्याउन लागका छन् जुन यही जुलाई १८ बाट सोनी च्यानलबाट प्रशारण हुनेछ ।

 

विशेष