खेल

एइसी कप क्रिकेट असार ६ देखि

एइसी कप क्रिकेट असार ६ देखि

 

असार - १ । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।

कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा कन्सलटेन्सीका निर्देशक अर्जुन पाण्डेले जानकारी दिए।

नकआउटका आधारमा खेलाइने उक्त इन्डोर क्रिकेट प्रतियोगितामा गोरखा नाइट्स, कस्तुरी एकेडेमी, अग्रवाल ब्रदर्स, पाण्डाजलगायत विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी मेडल तथा सर्टिफिकेट प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले पाँच हजार पाउनेछन् । प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।

विशेष