देश

घर भत्किँदा आमाछोराको मृत्यु

घर भत्किँदा आमाछोराको मृत्यु

 

असार - १ । छत्रेश्वरी गाउँपालिका– २ डिग्रेमा आज बिहान घर भत्किँदा आमाछोराको मृत्यु भएको छ ।

घर मर्मत गर्ने क्रममा छत्रेश्वरी गाउँपालिका निवासी २४ वर्षीया सुशीला घर्ती र उहाँको १८ महिनाको छोरा टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घर भत्किँदा सुशीलाका आफन्त रवीन्द्र घर्तीका २१ वर्षीय छोरा खकेन्द्र घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खरको छाना फालेर जस्तापाताले घर छाउने क्रममा घरको तला भत्किँदा घरको तल्लो तलामा खाना पकाउने तयारी गरिरहेकी सुशीला र उनका छोरा च्यापिएका थिए । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

विशेष