खेल

आयोजक इङल्याण्डलाई स्तब्ध पार्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा

आयोजक इङल्याण्डलाई स्तब्ध पार्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा


असार १ । आयोजक इङ्ल्यान्डलाई ८ विकेटले पाखा लगाउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

वेल्सको राजधानी कार्डीफमा बुधबार राती भएको पहिलो सेमिफाइनलमा पाकिस्तान ८ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले खेलमा ४९ दशमलब ५ बलमा २ सय ११ रन बनाएर आउट भयो । उसका लागि जो रुटले ४६ रन तथा जोनी बेयरस्टोले ४३ रनको योगदान दिए । घातक बलिङ गरेको पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुमन रईसले २–२ विकेट लिए ।

जवाफमा २ सय १२ रनको चुनौती पाकिस्तानले ३८ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यानहरु अझर अलीले ७६ रन तथा फाखर जमानले ५७ रनको योगदान दिए ।

जितसँगै पाकिस्तानले हजारौं बेलायती समर्थकलाई उनीहरुकै मैदानमा स्तब्ध पार्दै फाईनलमा ठाउँ सुरक्षित ग¥यो ।

उपाधिका लागि पाकिस्तानले भारत वा बंगलादेशमध्ये आज हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । फाइनल खेल आइतबार हुने छ ।

विशेष