अन्तरवार्ता देश

अद्भूत आनन्द दिने ध्यान गर्ने सरल तरिका यस्तो पो रहेछ (भिडियोअन्तर्वार्ता)

अद्भूत आनन्द दिने ध्यान गर्ने सरल तरिका यस्तो पो रहेछ (भिडियोअन्तर्वार्ता)

विकास खनाल ध्यान अभ्यासकर्ता तथा मस्तिष्क शोधकर्ताका रुपमा परिचित छन् । लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयबाट ‘बुद्धिजम एन्ड हिमालय स्टडिज’मा स्नातकोत्तर गरेका छन् ।

खनालले ध्यान के हो ? कसरी गर्न सकिन्छ भन्ने विषयमा अत्यन्त सरल र जीवनोपयोगी जवाफ दिएका छन् । ध्यान कसरी लगाउने भनेर धेरैमा खुल्दुली हुन्छ । खनाल भन्छन्, ‘ध्यान लगाउने सरल तरिका हरेक मानिसले लिने र फाल्न श्वासमा ध्यान दिए हुन्छ । लिएको श्वास र फ्यालेको श्वासमा मात्रै आफ्नो मन केन्द्रीत गर्नुस्, ध्यान लागिहाल्छ ।’

लामो समय ध्यानमा बस्दा मानिसको मस्तिष्कले सोच्ने शैलीमै परिवर्तन ल्याउँछ । मान्छेको दृष्टिकोण परिवर्तन हुन्छ । मस्तिष्कमा रहेको सम्पूर्ण विकारहरु बाहिर जान्छन् । सद्विचारले मान्छे पूर्ण हुन्छ । मस्तिष्क शोधकर्ता खनाल भन्छन्, ‘अल्बर्ट आइन्स्टाइनले भनेका थिए कि म अर्को जन्म लिएर आएँ भने हिमालयको फेदमा गएर ध्यान गर्नेछु । उनले जीवनलाई सही दर्शन दिने धर्म बुद्धधर्ममात्रै हो भनेका थिए । यसकारण पनि विज्ञान र ध्यानको सम्बन्ध प्रत्यक्ष देखिन्छ ।’

मस्तिष्क शोधकर्ता खनालले ध्यान, विज्ञान र बुद्धधर्मबारे धेरै गहन विषयहरु नेपालआजसँगको भिडियो अन्तर्वार्ताका क्रममा व्यक्त गरेका छन् ।

विशेष