स्वास्थ्य

यसरी गर्नुहोस गर्मीमा स्वास्थ्यको हेरचाह

यसरी गर्नुहोस गर्मीमा स्वास्थ्यको हेरचाह


असार १ । गर्मी मौसममा बढी पसिना आउँछ । त्यसपछि शरीरमा पानी कमी हुन थाल्छ अर्थात् डिहाइड्रेसनको समस्या हुन्छ ।

यसबाट पित्त पनि बढ्छ । यसका लागि निम्न उपाए अपनाउनु उपयुक्त हुन्छ ।
दिनभरीमा १०–१२ गिलास पानी पिउँदा शरीरबाट विशाक्त तत्व निस्कन्छ र छालामा चमक देखा पर्छ ।
भरसक रसयुक्त फलफुल सेवन गर्नु पर्छ । फलफुलको जुस, कागतीको रस, पुदिनाको सर्वत, लस्सी आदि पिउनु पर्छ ।
धेरै नुनिलो खाना खानु हुदैन ।
भोजनमा दही, लस्सी एवं अन्य तरलपदार्थ समावेश गर्नुपर्छ । तरलपदार्थले छाला तथा केशलाई फाइदा पुग्छ ।
गर्मीमा शीतलता कायम राख्न पुदिना वा हरियो धनियाँ पिसेर हातखुट्टामा लगाउँदा जलन कम हुन्छ ।
काँचो प्याजको सर लगाउँदा गर्मीले थाकेको अवस्थामा राहत मिल्छ ।
हातखुट्टामा बाख्राको दुध दल्दा पनि जलन हट्छ ।
सातु खादा पनि शरीरको जलनमा राहत प्राप्त हुन्छ ।
काँचो प्याज खाँदा पनि गर्मीमा राहत पाइन्छ ।
पसिनाको दुर्गन्धबाट जोगिन
सबैभन्दा पहिले आफ्नो रुटिन, खानापान एवं सरसफाइमा ध्यान दिनु पर्छ ।
कीटाणुबाट सुरक्षा प्रदान गर्ने साबन वा बडी वास प्रयोग गर्न सकिन्छ । सुगन्धित पाउडर वा डिओ प्रयोग गर्नु पर्छ ।
मसालेदार, अमिलो, पिरो तथा चिल्लो भोजनबाट टाढै रहनुपर्छ ।

विशेष