स्वास्थ्य

केश झरेर हैरान हुनुहन्छ यसो गर्नुहोस्

केश झरेर हैरान हुनुहन्छ यसो गर्नुहोस्


केश झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । व्यस्त जीवनशैलीका कारण पार्लर गएर उपचार गराउने समय पनि नहुन सक्छ ।

त्यसैले यसको घरेलु उपायहरु यस्ता रहेका छन् ।

मह, ओलिभ आयल तथा दालचिनीको धुलो मिसाएको पेष्ट हप्तामा दुइपटक लगाउने । यो पेस्टलाई १५ मिनेट राखेपछि सफा पानीले पखाल्ने । यसले केश बढाउन मद्दत गर्छ ।
सुख्खा मेहन्दीको पातलाई तोरी, बदमा तथा नरिबलको तेलमा भिजाउने । त्यसलाई मखमलीको सफा कपडामा रोखेर छान्ने । त्यही मनतातो पानीद्वारा हेयर मसाज गर्ने । यसले

चाँयाको समस्या समाधान गर्नुका साथै केश झर्नसमेत रोक्छ ।

मेथीको पेस्ट टाउकोमा लगाउँदा केश जरैदेखि बलियो हुन्छ ।

प्याजको जुसले केशको जरामा मसाज गर्दा केश बलियो हुन्छ भने अण्डाको सेतो भागमा ओनिय जुस मिसाइएको पेष्ट लगाई १५ देखि २० मिनेट छाडेर चिसो पानीले केश पखाल्ने । यसले केश मुलायम एवं चम्किलो बनाउनका साथै केशलाई भित्रैदेखि मजबुत बनाउँछ ।

 

विशेष