मनोरञ्जन

‘अर्बाज भन्दा सोहिल राम्रा निर्देशक’ — सलमान खान

‘अर्बाज भन्दा सोहिल राम्रा निर्देशक’ — सलमान खान


असार २ । बलिउड अभिनेता सलमान खानले फिल्म ‘दबंग ३’ अर्बाज खानले निर्देशन नगर्ने खुलाशा गरेका छन् । त्यसकारण सलमान अरु कुनै निर्देशकको खोजीमा रहेका छन् । अर्बाज खानले सलमान अभिनित फिल्म ‘दबंग २’ को पनि निर्देशन गरेका थिए ।

सलमानका अर्का भाइ सोहिलले सलमानलाई लिएर ‘औजार’, ‘जय हो’, ‘हेलो ब्रदर’, ‘और प्यार किया तो डरना क्या’ जस्ता सफल फिल्महरु निर्देशन गरिसकेका छन् ।

मिडियासँग भएको कुराकानीमा सलमानले आफ्ना दुबैल भाइहरुको निर्देशकीय कामबारे टिप्पणी गरेका छन् । उनले भने, ‘मरो अनुसार, सोहिल अर्बाज भन्दा राम्रो निर्देशक हुन् । किनभने उनमा काम गर्दा धैर्य छ । तर, अर्बाज हतार गर्छन् । केही चिजको फेरबदल गर्न पनि सोहिलसँग जति सहज हुन्ट अर्बाजसँग त्यति हुँदैन । अर्बाजको ब्लड प्रेसर समयसमयमा तलमाथि हुने गर्छ । ’

यसै क्रममा ‘दबंग ३’ बारे बोल्दै सलमानले अर्बाजले यस समय उक्त फिल्म निर्देशन नगरेर निर्माण गर्ने बताएपछि आफूले पनि कोही अरु नै निर्देशक खोज्ने भनिदिएको बताए ।

विशेष